एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। अमेरिकी बहुराष्ट्रिय कर्पोरेसन तथा प्रविधि कम्पनी एनभिडिया मंगलबारको सेयर मूल्यअनुसार विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो।

बिबिसीका अनुसार मंगलबार एनभिडियाको सेयर हालसम्मकै उच्च मूल्यमा पुगेपछि यसले माइक्रोसफ्टलाई समेत पछाडि पारेको हो।

मंगलबार एनभिडियाको सेयर ३।५ प्रतिशतले बढेर १३६ डलरमा अन्तिम कारोबार भएको थियो।

यसभन्दा अघि गत महिना एनभिडियाको सेयर मूल्यले एप्पललाई समेत पछि पारेको थियो।

अमेरिकी कम्पनी एनभिडियाले कम्प्युटर चिप उत्पादन गर्छ जुन आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सफ्टवेयरहरूमा प्रयोग हुन्छ। पछिल्ला केही वर्षदेखि उक्त चिपको माग बढ्दो छ भने यसको बिक्री र बिक्री पछिको फाइदा पनि बढ्दो छ।

बिबिसीमा उल्लेख भएअनुसार लगानीकर्ताहरू एनभिडियाको सेयर मूल्य थप बढ्नेमा आशावादी छन्।

मंगलबारको कारोबारसँगै एनभिडियाको कुल बजार पुँजीकरण ३।३४ ट्रिलियन डलर पुगेको छ। यो सन् २०२४ को सुरुआती बजार मूल्यको तुलनामा दोब्बर हो।

मंगलबार माइक्रोसफ्टको कुल बजार पुँजीकरण ३।३१ ट्रिलियन र एप्पलको ३।२८ ट्रिलियनमा सीमित भएको थियो।

आठ वर्ष अघि सो कम्पनीको स्टक मूल्य हालको मूल्यको तुलनमा एक प्रतिशतभन्दा कम थियो।

एआई डेभलपर कम्पनी जस्तै माइक्रोसफ्ट, अल्फाबेट, मेटा र एप्पलहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। यस्तैमा एनभिडियाले उत्पादन गर्ने चिपको बजार माग पनि बढ्दो छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.