एयर एस्ट्राले ढाका-पोखरा सातामा चार उडान गर्ने, थाल्यो तयारी

बंगलादेशको एयरलाइन्स एयर एस्ट्राले ढाकाबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि तयारी थालेको छ। एयर एस्ट्राले ढाकाबाट पोखरामा सातामा चार उडान गर्ने गरी तयारी थालेको हो।

उडानका लागि एयर एस्ट्राले एक महिनाअघि नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो। प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार एस्ट्राले उडान अनुमतिसँगै अन्य सुविधा पनि मागेको छ।

विमान अवतरण शुल्क, इन्धन कर, पार्किङ शुल्कलगायतमा छुट र बंगलादेशी मुद्रा चल्ने बनाउनुपर्ने लगायतका माग राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयलाई समेत अनुरोध गरेको उनले बताए।

२०७९ साल पुस १७ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थल सञ्चालनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायत शुल्कमा शत प्रतिशत छुट दिएको छ। नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा ५० प्रतिशत छुट दिएको छ।

ुएयर एस्ट्राले पोखरामा उडानका लागि अवतरणसँगै इन्धन मूल्य अभिवृद्धि कर र पार्किङ शुल्कमा छुट माग गर्दै उडानका लागि अनुमति सहितको प्रस्ताव पठाएको छ,ु प्रवक्ता भुलले भने, ुहामीले दिइरहेको सुविधाभन्दा अन्य सेवा पनि मागेकोले यो विषय अहिले छलफलमै छ।ु

उनका अनुसार विमानस्थलमा सरकारले दिएको छुट बाहेकका अन्य मागहरू बारे पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको छ। यदी यो विषयमा सम्बोधन भएमा एयर एस्ट्राले सातामा चारवटा उडान गर्ने उनी बताउँछन्।

एयर एस्ट्राले पोखरा उडानका लागि जेनरल सेल्स एजेन्ट ९जिएसए० सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिस लिमिटेडलाई नियुक्त गरिसकेको छ।

पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय उडानको प्रस्ताव आउनु ठूलो अवसर रहेको जिएसएका प्रमुख सन्तोष बिक्रम राणाले जानकारी दिए। एयरलाइन्सले ुप्रमोसनल फेयरुमा छुट मागेको र सरकारले यो माग गरेमा नयाँ विमानस्थलमा अन्य वायुसेवा पनि आउने उनी बताउँछन्।

ुवायुसेवाले सरकारसँग मूल्य अभिवृद्धि कर फिर्तासँगै ल्यान्डिङ, पार्किङ, नेगिभेसन, यात्रु सर्भिस र ढुवानी कटाएर इन्धनमा पनि छुट मागेको छ,ु उनले भने, ुयो भनेको प्रमोसनल फेयरका लागि हो। सरकारले यी सेवामा छुट दिने हो भने एयरलाइन्सले सस्तो टिकट बनाउँछ र प्रमोसन गर्न थाल्छ।ु

नयाँ विमानस्थलमा ुरूट सस्टेनेबिलिटीुका लागि पनि यस्तो सेवा आवश्यक रहेको उनले बताए। नयाँ विमानस्थल सञ्चालनमा आएपछि अन्य मुलुकले पनि यही अभ्यास गरिरहेकाले कम्तीमा एकदेखि दुई वर्ष छुट दिनुपर्ने उनको भनाइ छ।

ुगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि चासो दिएका थुप्रै वायुसेवाहरू यी नै सेवाहरूमा सरकारले छुट नदिँदा पछि हटे,ु उनले सेतोपाटीलाई भने, ुअब पनि सरकारले सोच्न सकेन भने पोखरामा पनि उडान हुँदैन।

एयर एस्ट्राको माग पूरा भए सोसाइटी इन्टरनेसनल ट्राभलको वेबसाइटमा आगामी तीन सातमा टिकट राखिसक्ने उनले बताए।

एयर एस्ट्राले उडान सुरू गरेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने पहिलो वायुसेवा बन्नेछ । अहिलेसम्म पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान मात्र भएका छन्।

यसअघि सिचुवान एयरलाइन्स, भुटानको ड्रुक एयर, हिमालय एयरलाइन्स लगायतका एयरलाइन्सहरूले अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेका थिए । विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखराबाट बनारस नियमित उडाउने तयारी गरेको थियो। तर विभिन्न कारण बुद्धले अझैं पनि पोखरा(बनारस उडान गर्न सकेको छैन।

पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न बुद्ध एयरसँगै हिमालय एयर, जजिरा एयरवेज, बिज एयरलगायत चासो देखाइरहेका छन्। प्रमोसनल फेयरका लागि सम्बन्धित वायुसेवाले सरकारसँग गरेको माग पूरा गर्ने हो भने नियमित उडानमा अरू वायुसेवा कम्पनी पनि थपिने जिएसए प्रमुख राणाले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.