करेन्ट लागेर हरिवनमा एक महिलाको मृत्यु

सर्लाहीको हरिवनमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

पुरानो घरको सामान नयाँ घरमा सार्र्ने क्रममा आज दिउँसो करेन्ट लागेर हरिवन नगरपालिका–८ पुरानो बजार, पूर्वीटोलकी ५९ वर्षीया सावित्रा निरौलाको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले जानकारी दिए।

निरौलालाई उपचारका लागि हरिवनस्थित नमुना अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.