कालीकोटको मान्मामा प्रभु बैंकको ३०५औँ शाखा

प्रभु बैंक लिमिटेडले आइतबारदेखि कालिकोट, खाडाचक्र नगरपालिकाको वडा नं. ०१ स्थित मान्मामा ३०५औँ शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकको मान्मा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।

प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.