कुमारी बैंकका ग्राहकलाई फिलीले दिने सेवा-सुविधामा विशेष छुट

कुमारी बैंक र एनडी थर्टी नाइन बिजनेस ग्रुप ९फिली० बीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले फिलीका लाजिम्पाट, लबिम मल पुल्चोक, ठमेल र बैद्धिस्थित शाखाहरूबाट सेवा लिए बापत गर्नुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबाट ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अहिलेको आर्थिक अवस्थामा ग्राहकहरूलाई सहज प्रक्रियाबाट पाउन सकिने छुटले प्रोत्सहान गर्नुका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्नेमा बैंक विश्वस्त रहेको छ।

कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैंकिङ इकाइहरूमार्फत् ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.