गुल्मीमा २७७ जनामा डेंगु संक्रमण

जिल्लामा पछिल्लो दुई महिनामा २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

जिल्लाको सत्यवती गाउँपालिकामा ११२ जना, छत्रकोट गाउँपालिकामा १११ जना, रेसुंगा नगरपालिकामा ४७ जना, मुसिकोट नगरपालिकामा ३ जना, रुरुक्षेत्र गाउँपालिकामा १४ जना, गुल्मीदरबार गाउँपालिकामा एकजना गरी जिल्लामा कुल २७७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका ल्याब टेक्निसियन निरीक्षक सुमन सापकोटाले जानकारी दिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.