घट्यो अन्डको मूल्य

कुखुराको अन्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अन्डा उत्पादन बढेसँगै मूल्य घटेको जनाएको छ ।

यसअघि १३ भदौमा अन्डाको मूल्य सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट निर्धारण गरिएको थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।

किसानले पाउने मूल्य चितवनका किसानको फार्मलाई आधार मानेर तय गरिएको संघ अध्यक्ष विनोद पोखरेलले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.