नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला सात सय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला २५ रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।