चार दिने औपचारिक भ्रमण सकेर चीनका जनकंग्रेसका अध्यक्ष ली स्वदेश फर्किए

नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज बिहीबार स्वदेश फर्किनु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्शु बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्किनु भएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले बिदाई गर्नुभयो । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

चार दिने नेपाल भ्रमणका क्रममा उहाँले उच्चस्तरीय विभिन्न भेटवार्ता गर्नुभएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.