जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ आएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्किएको हो ।
मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो ।
प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको तयारी भइरहेको छ । जापानमा रहेका एक नेपालीका अनुसार, त्यहाँको स्थानीय समयअनुसार राति ८ बजे नारिताबाट फर्किने तालिका रहेको छ । त्यहाँ २ सय ४६ जना यात्रु रहेका छन् ।