टेलिग्रामका प्रमुख पावेल दुरोभ फ्रान्समा पक्राउ

म्यासेजिङ एप टेलिग्रामका प्रमुख पावेल दुरोभलाई फ्रान्स प्रहरीले गिरफ्तार गरेको छ ।

रुस, युक्रेनलगायतका देशमा चर्चित टेलिग्राम म्यासेजिङ एपका प्रमुख दुरोभ टेलिग्राममा अपराधिक गतिविधि भएको उजुरीको आरोपमा गिरफ्तार भएका हुन् ।  ३९ वर्षीय दुरोभले स्थापना गरेको टेलिग्राम अहिले रुस युक्रेन युद्धको सूचना प्रवाहमा सबैभन्दा अगाडि छ भने यी दुवै देशका सेनाले कारबाहीबारेका जानकारी यही एप्लीकेशनमार्फत् दिने गरेका छन् ।

निजी जेटमार्फत् पेरिस जाँदै गरेका दुरोभलाई बुर्गेट विमानस्थलमा फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाइएको छ । सन् २०१३ मा सुरु भएको टेलिग्राम एपमाथि रुसले सन् २०१८ मा प्रतिबन्ध लगाएको थियो ।

प्रयोगकर्ताको डाटा नदिएको भन्दै प्रतिबन्ध लगाएको रुस सरकारले सन् २०२१ मा प्रतिबन्ध हटाएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.