टेस्लाका लगानीकर्ताले दिए मस्कको ५६ अर्ब डलरको तलब प्याकेजलाई मन्जुरी

वाशिङटन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका शेयर धनीहरूले कम्पनीका सीईओ एलन मस्कको अर्बौ डलर बराबरको तलब प्याकेजलाई मन्जुरी दिएका छन् । साथै कम्पनीको मुख्यालयलाई टेक्सासमा सार्ने योजना पनि पारित गरिएको छ ।

यो वर्षको सुरुमा डेलावेयरका एक न्यायाधीशले सेयर धनीका लागि अनुचित भन्दै कम्पनीको प्रदर्शनका आधारमा मस्कलाई ५६ अर्ब डलरसम्मको तलब सुविधा दिने प्याकेजमा रोक लगाएको थियो । मस्कले भने तलब सुविधाको बचाउ गर्दै आएका थिए । टेस्लाको शेयर मूल्यले निश्चित अवधिभित्र तोकिएको स्तर पार गर्दै गएमा मस्कले ५६ अर्ब डलरसम्म तलब सुविधा थाप्नेछन् ।

मस्कलाई दिइने यो तलब गएको वर्ष अमेरिकामा सबैभन्दा धेरै तलब थापेको हाकिमको तुलनामा ३०० गुणा बढी हुने बताइएको छ । तर यो मत बाध्यकारी भने नभएको बताइएको छ । अदालतले प्याकेजबारे भएको पुनः मतदानलाई स्वीकार गरेर कम्पनीलाई तलब प्याकेज ‘रिस्टोर’ गर्छ कि गर्दैन् भन्ने चाहिँ स्पष्ट भइसकेको छैन ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.