डेडिकेटेड र ट्रंकलाइनको बिल अध्ययन गर्न समिति गठन

डेडिकेटेड र ट्रंक लाइनको बिल अध्ययन गर्न सरकारले अर्को एउटा समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले डा। अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको जानकारी प्राप्त भएको बताए ।

समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी र चार्टर्ड एकाउन्टेन्ट समेत हुनेछन् । उक्त समितिले नेपाल विद्युत् प्राधिकरणले उद्योगीलाई बुझाएका डेडिकेटेड र ट्रंक लाइनका बिलको अध्ययन गर्नेछ ।

सरकारले यसअघि डेडिकेटड र ट्रंकलाइनको विवाद अध्ययन गर्न गिरिशचन्द्र लाल नेतृत्वको आयोग बनाएको थियो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.