थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय २५ पिसिआर परिक्षणका क्रममा १ सय ४५ जना र २ हजार ४ सय ८६ एन्टीजेन परिक्षणका क्रममा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय २३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ८१ हजार ७ सय ४४ जना निको भएका छन् । हाल नेपालमा ३ हजार २ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.