दसैँ र तिहारभर ‘डिजिटल वालेट’ बाट ३० पटकसम्म कारोबार गर्न सकिने

नेपाल राष्ट्र बैंकले दशैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै ‘डिजिटल वालेट’ को सीमालाई बढाएको छ ।

राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई परिपत्र गर्दै सर्वसाधारणले दैनिक ३० पटकसम्म वालेटबाट करोबार गर्न सक्ने व्यवस्था गरेको हो । हाल कायम रहेको प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्नसक्ने व्यवस्था थियो । बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो ।

‘बडा दशैंको शुभ अवसरमा २१ असोजदेखि १ कात्तिक कोजाग्रत पूर्णिमासम्म र दिपावली तथा छठ पर्वको अवसरमा १५ कात्तिक देखि २२ कात्तिकसम्म प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्,’ राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई जारी गरेको निर्देशनमा छ ।

राष्ट्र बैंकले तोकेको दिनभन्दा बाहेकका दिनमा भने बैंकको पुरानै व्यवस्था लागू हुने जनाइएको छ ।

यो अवधिबाहेकको समयमा प्राकृतिक व्यक्तिले डिजिटल वालेटमा दैनिक १० पटकसम्म रकम जम्म वा भुक्तानी गर्न सक्नेछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.