दुईवटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको सञ्चालन अनुमति खारेज गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै इमेलसहितको सेवा दिने सी।डाटा कम्युनिकेसन र लाइफ नेटलाई कारवाही गरेको हो ।

सी डाटाले अनुमतिपत्रको सर्त बमोजिम सेवा सञ्चालन नगरेको हुँदा अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कार्तिक दुई गते देखि नै लागू हुने गरी खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

लाइफ नेटले भने नविकरणकका तोकिएको समयावधिभित्र निवेदन पेश नगरेकोले दुरसञ्चार ऐन २०५३ को दफा २५ बमोजिम भदौ अन्तिमबाट स्वत रद्ध भएको जनाएको छ । सो कम्पनीले आगामी ३० दिन भित्रमा नियमानुसार नविकरण शुल्क तिर्न बुझाउनु सक्ने प्राधिकरणले जनाएको छ । अन्यथा प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

लाइफ नेटले प्राधिकरणबाट २०७६ भदौ ३० मा सञ्चालन अनुमति पाएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.