दुई महिनामा जीवन बीमकको व्यापार ३० अर्बभन्दा बढी, कुनको कति ?

चालू आर्थिक वर्ष २०८१\८२ को दुई महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल ३० अर्ब रुपैयाँ भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् ।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमक कम्पनीहरुले उक्त आवको साउन र भदौ महिनासम्ममा १ करोड ३४ लाख १२ हजार १३३ वटा बीमा लेख बिक्री गरेर कुल ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

चालू आवको पहिलो महिना अर्थात् साउन महिनामा जीवन बीमा कम्पनीहरुले कुल ५३ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । सो अवधिमा उनीहरुले ३ लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री भएको थियो ।

यस अवधिमा शिर्ष कारोबार भने नेपाल लाइफ इन्स्योरेन्सको छ । उक्त कम्पनीले सो अवधिसम्मा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । साथै नेशनल लाइफले ३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सो अवधिमा ३ अर्ब ५८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, तेस्रो स्थानमा एलआइसी कार्पोरसन नेपाल छ । कम्पनीले ३ अर्ब ३० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै हिमालयन लाइफले ३ अर्ब १० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

उता एशियन लाइफले भने उक्त अवधिमा १ अर्ब ४७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी,सिटिजन लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी,सानिमा रिलायन्स लाइफले १ अर्ब १० करोड ६४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ६ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । मेट लाइफले भने सो अवधिसम्ममा ९६ करोड ३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले उक्त अवधिसम्ममा भने ८५ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

आइएमई लाइफले ८२ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिसम्ममा सवैभन्दा थोरै बीमाशुल्क आर्जन सन नेपाल लाइफले गरेको छ । उक्त कम्पनीले ७७ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.