दोब्बर बढ्यो निष्क्रिय कर्जामा शंकास्पद कर्जाको हिस्सा

बैंक तथा वित्तीय संस्थाहरूको बढ्दो खराब कर्जामा शंकास्पद कर्जाको हिस्सा उच्च दरमा बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो।

ुनिष्क्रिय कर्जामा पनि शंकास्पद र खराब कर्जा वृद्धि भइरहेकोले बैंकहरूको कर्जाको गुणस्तरमा अझै चिन्ता गर्नुपर्ने अवस्था छ,ु प्रतिवेदनमा भनिएको छ।

निष्क्रिय कर्जामा कमसल, शंकास्पद र खराब कर्जा पर्छन्। कर्जाको भाका नाघेको ३ देखि ६ महिना पुगेका कर्जालाई कमसल, यस्तो भाका नाघेको ६ महिनादेखि एक वर्ष कटेमा शंकास्पद र एक वर्षभन्दा धेरै समयदेखि भाका नाघेका कर्जालाई खराब कर्जामा राखिन्छ।

यी कर्जा रकमको आधारमा बैंकहरूले क्रमशः २५ प्रतिशत, ५० प्रतिशत र एक सय प्रतिशत प्रावधान रकम राख्नुपर्ने व्यवस्था छ।

अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा ६१ अर्ब ८७ करोड निष्क्रिय कर्जा रहेकोमा गत आर्थिक वर्ष २०७९र८० मा एक खर्ब ४७ अर्ब पुगेको थियो।

यो अवधिमा शंकास्पद कर्जा दोब्बर भएको छ। आर्थिक वर्ष २०७८र७९मा निष्क्रिय कर्जामा शंकास्पद कर्जाको हिस्सा १७।६६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९र८० मा ३७।३० प्रतिशत पुगेको छ।

सुक्ष्म निगरानीमा राखिने कर्जामा पनि ६६।५९ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

एक महिनादेखि तीन महिनासम्म भाका नाघेका कर्जालाई सुक्ष्म निगरानी कर्जा भनिन्छ। कर्जाको गुणस्तर थप घट्दै गइरहेको संकेत यसले गरिरहेको छ।

समग्रमा बैंकिङ क्षेत्रको स्थायित्व सूचक बढ्दै गएकोले यसले स्थायित्वमा जोखिम बढ्दै गएको संकेत गरिरहेको राष्ट्र बैंकको यो प्रतिवेदनले उल्लेख गरेको छ। यस अघि बैंकिङ क्षेत्रको स्थायित्व सूचक ०।४० रहेकोमा यो सूचक बढेर ०।६९ पुगेको छ।

पुँजी कोष पर्याप्तता अनुपात घट्न थालेकोले धेरै वाणिज्य बैंकमा ुक्रेडिट सकु को जोखिम बढेको छ। खराब कर्जा बढ्दै जादा यस्तो पुँजी कोष अनुपात घट्दै गएको छ। यस्तो जोखिम सबैजसो बैंकमा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार वाणिज्य बैंकहरूलाई ुलिक्विडिटी सकुले पनि चुनौती थपिएको छ। लिक्विडिटी सक परीक्षणले हेर्दा निक्षेपकर्ताहरूले लगातार पाँच दिनमा पहिलो दिन दुई प्रतिशत, दोस्रो दिन ५ प्रतिशत र तीन दिन १० प्रतिशतको दरमा निक्षेप झिकेमा २० मध्ये ११ वाणिज्य बैंकलाई समस्या पर्ने देखाएको छ।

एकै दिन पाँच प्रतिशत निक्षेप झिकिएमा दुई वाणिज्य बैंकलाई समस्या पर्ने देखिएको छ।

एकैदिन १० प्रतिशतको दरमा निक्षेप झिकिएमा सात बैंकको तरलता अनुपात २० प्रतिशतभन्दा मुनि आइपुग्ने समेत यो परीक्षणले देखाएको छ।

बैंकहरू विनिमय दर र बजार दर ९ब्याज दर० सकको आधारमा भने कठिन अवस्थामा नरहेको प्रतिवेदनमा उल्लेख छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.