काठमाडौं महानगरपालिकाले धोबीचौरमा रहेको अनधिकृत संरचनाहरु हटाएको छ । वडा नम्बर १७ स्थित धोबीचौरमा रहेको नक्सा पास नगरी बनाइएका टहरा र निर्माणधीन अस्थायी भवनहरुमा महानगरले डोजर चलाएको हो ।
बुधबार बिहान महाराजगञ्ज, बसन्धुरा क्षेत्रमा रहेको अनधिकृत संरचनामा डोजर चलाएको महानगरले धोबीचौरको अनधिकृत टहरा हटाएको हो ।