नख्खु कारागारका सुरक्षा प्रमुखको जिम्मेवारी खोसियो

नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् ।

उपचार गर्न त्रिवि शिक्षण अस्पतालमा लगिएका रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकी भागेका हुन् ।हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी पाएको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले अनलाइनखबरलाई बताए ।

उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागि नसकेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.