नेपालको शेयरबजारलाई जुवाघर बनाउन सक्ने ‘एउटा प्रस्ताव’ मन्त्रिपरिषदमा पुगेको पाइएको छ। ‘साना तथा मझौला संगठित धितोपत्र निष्कासन तथा कारोबार नियमावली -२०८१’ नाम दिईएको प्रस्ताव अर्थमन्त्रालयबाट स्वीकृत भई मन्त्रिपरिषदमा पुगेको हो।
‘एसएमई प्ल्याट फर्म’ नाम दिईएको यो प्रस्ताव लामोसमयदेखि अर्थमन्त्रालयमा अड्किएपनि करिब डेढ महिनाअघि मात्रै मन्त्रीपरिषदमा स्वीकृतिको लागि पठाईएको हो। नेपाल धितोपत्र बोर्डले पठाएको प्रस्तावित व्यवस्थामा केहि संसोधन गरेर अर्थ मन्त्रालयले स्विकृतीका लागि मन्त्रिपरिषद पठाएको हो।
तर प्रस्तावित व्यवस्थाले नेपालको शेयरबजारलाई ‘जुवाघर’ बनाउन सक्नेबारे प्रधानमन्त्री तथा प्रधानमन्त्रीका सल्लाहकारको ध्यानाकर्षण भएपछि डेढमहिनादेखि उक्त ‘नियमावली’ मन्त्रिपरिषदमा थन्किएको हो। प्रस्तावित नियमावली अध्ययन र तयारी बीना नै ल्याइएकाले यसले नेपालको शेयरबजारलाई जुवाघर बनाउनेबारे जानकारहरुले ध्यानाकर्षण गराएका हुन्।
प्रचलित ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली’ लाई काँटछाँट गरेर बनाइएको र यसमा भएका व्यवस्था नेपालको शेयर बजार तथा यहाँका लगानीकर्ताको अहितमा भएको जानकारहरुको भनाई छ।
अहिले नै थोरै चुक्तापूँजी भएका कम्पनीका शेयरको मूल्यमा अहिले नै ठुलो चलखेल भईसकेको र तीनीहरुको शेयर मूल्य कहीं कतैबाट पुष्टि नहुने अवस्था नभएकोमा २५ करोड मुनिका कम्पनीका शेयरको अवस्था कस्तो होला भन्नेबारे जानकारहरुले चिन्ता व्यक्त गरेका छन्।
२५ करोड चुक्ता पुंजी भएका यस्ता ‘एसएमई प्लेटफर्म’ का कम्पनीका शेयरमा सर्वसाधारणलाई आबेदन दिन पाइने व्यवस्था गरिनु नै ६० लाख लगानीकर्ताको लगानीलाई जोखिममा राख्नु भएको उनीहरुको दाबी छ।