नेपालसँग ४० मेगावाट बिजुली किन्ने बंगलादेशको निर्णय

काठमाडौँ । बङ्गलादेशको सरकारले नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ । बंगलादेशका समाचार संस्थाहरूका अनुसार ‘क्याबिनेट कमिटी अन गभरमेन्ट पर्चेस’ ९सीसीजीपी० को बैठकले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो ।

सीसीजीपीको १५ औं बैठकले गरेको निर्णयअनुसार भारतीय प्रसारण लाइन हुँदै नेपालबाट बिजुली लैजाने छ । बंगलादेशका अर्थमन्त्री अब्दुल हसन महमोद अलिले सरकारी समाचार संस्थालाई बताएअनुसार बंगलादेशी पावर डिभिजनको प्रस्तावअनुसार नेपालबाट बिजुली किन्ने निर्णय भएको हो ।

यो निर्णयअनुसार बंगलादेश पावर डेभलपमेन्ट बोर्डले आगामी ५ वर्षका लागि नेपालबाट ४० मेगावाट बिजुली किन्नेछ । यसका लागि नेपाल–भारत–बङ्गलादेशबिच त्रिपक्षीय सम्झौता गर्ने समेत बङ्गलादेशको निर्णय छ ।

जसमा नेपाल विद्युत् प्राधिकरण, भारतको विद्युत् व्यापार निगम लिमिटेड र बङ्गलादेशको बोर्डबिच सहमति हुने बताइएको छ । प्रतियुनिट बिजुलीको मूल्य ८।१७ टाका बताइएको छ ।

यसअनुसार बंगलादेशले आगामी ५ वर्षमा ६ अर्ब ५० करोड टाकाको बिजुली नेपालबाट किन्नेछ । नेपाल र बंगलादेश लामो समयदेखि बिजुली व्यापारको सम्झौता गर्ने तयारीमा छन् ।

तर नेपाल र बङ्गलादेशको बिजुली किनबेचको चाहनामा भारतीय सहयोग आवश्यक पर्छ । सोही कारण दुवै पक्षले भारतीय पक्षलाई त्रिपक्षीय सम्झौताका लागि सहमत गराउने प्रयास गरिरहेका छन् ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.