नेपाल टेलिकमले भिएएस सेवाको रूपमा सञ्चालन गरेको आइपिटिभी सेवामा आलाकार्टा प्रणाली लागु गरेको छ ।
सरकारले आलाकार्टा शुल्क प्रणाली लागु गर्न दिएको निर्देशन अनुसार टेलिकमले आफ्नो टेलिभिजन सेवा ग्राहकका लागि एनटिटिभी आलाकार्टा शुल्क प्रणाली लागु गरेको बताएको छ ।
आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागु गरेको जनाएको छ ।
उक्त प्रणाली अनुसार ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेज वा बेसिक प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था मिलाएको कम्पनीको भनाइ छ ।