नेपाल टेलिकमले ल्यायो जिएसएम मोबाइल तथा एफटिटिएचमा आकर्षक प्याकेज

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि जिएसएम मोबाइल तथा एफटिटिएच ९फाइबर टु द होम० मा विभिन्न आकर्षक प्याकेजहरू उपलब्ध गराउने भएको छ।

यी अफरहरू भोलि ९२०८१ असार १ गते० देखि लागु हुनेछन्।

अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत ५९९ रूपैयाँमा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ९अनलिमिटेड अन–नेट भ्वाइस० तथा अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने ९अफ–नेट भ्वाइस० सेवा सहितको सजिलो ५९९ भ्वाइस प्याक उपलब्ध हुनेछ।

त्यसैगरी सजिलो ६३६ प्याक अन्तर्गत ६३६ रूपैयाँमा अनलिमिटेड अन–नेट भ्वाइस, १५० मिनेट अफ–नेट भ्वाइस तथा १०० अन–नेट एसएमएसका साथै ९ जिबी डेटा सेवा उपलब्ध हुनेछ।

यसका साथै सजिलो ७९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस, ३० जिबी डेटा र १५० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ भने सजिलो ९९९ प्याकमा अनलिमिटेड अल–नेट भ्वाइस सेवा, ६० जिबी डेटा र २०० अन–नेट एसएमएस सेवा उपलब्ध हुनेछ।

कम्पनीले उच्च मात्रामा भ्वाइस तथा डेटा सेवा प्रयोग गर्ने सेवाग्राहीको मागलाई मध्यनजर गरी सजिलो १४९९ प्याक र सजिलो १९९९ प्याक पनि सञ्चालनमा ल्याएको छ।

सबै प्याकेजहरूमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने गरी समयावधि तोकिएको छ।

यसका साथै अन्य आकर्षक प्याकेजहरू समेत कायम राखिएको छ।

इन्डिया भ्वाइस कल प्याकेजअन्तर्गत ८० रूपैयाँमा १ दिन प्रयोग सकिने २० मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ भने २७० रूपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने ७५ मिनेटको भ्वाइस सेवा उपलब्ध हुनेछ।

त्यसैगरी एफटिटिएचका विभिन्न प्याकेजलाई अझै ग्राहकमैत्री बनाइएको छ।

प्रिमियम एफटिटिएच प्याकेजहरूमा डेटा मात्र, बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभीका प्याकेजहरू, भ्वाइस सेवा मात्र प्रयोग गर्ने ग्राहकहरूका लागि बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभी प्याकेजहरू र एक्सजिपिओएन प्याकेजहरूमा डेटा मात्र, बेसिक आइपिटिभी तथा प्रिमियम आइपिटिभीका प्याकेजहरू समेत सुलभ दरमा उपलब्ध हुनेछन्।

ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५ ‍३ ‍डायल गरेर वा ुनेपाल टेलिकमु एपको प्रयोगबाट विभिन्न प्याकेजहरूसम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।

त्यसैगरी, कम्पनीको वेबसाइट मार्फत् पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने टेलिकमको भनाइ छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.