नेप्सेको गिरावट आज पनि जारी,आगामी साताबाट बजारले गति लिने जानकारको विश्वास

साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात १२.१० अंकले घटेर २ हजार ७२७.३६विन्दुमा खुम्चिएको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले घटेर ४८६.३६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘बजारमा यतिबेला चाडपर्वले छोए जस्तो देखिन्छ । हिजो आज भोल्युममा कमी आउनु त्यसैको परिणाम हो । केही सिजिनल लगानीकर्ता बजारबाट बाहिरिएका समेत हुन सक्छन् । जसका कारण बजार केही समय साइडवेज चल्न सक्छ । यद्यपी बजार बुल ट्रेण्डमै भएकाले बजार धेरै तल जादैन ।’

अहिले बजारमा दीर्घकालका लागि लगानी गर्ने अवसर भएको पाठकले बताए ।

अर्का बजार जानकार प्रकाश रजौरेको विचारमा पनि बजार बुल ट्रेण्डमै रहेको छ ।‘ बजारमा टाइम करेक्सन र प्राइस करेक्सन हुन्छ । त्यसैले प्राइस करेक्सन सकिएको छ र अब केही दिन टाइम करेक्सन पनि सकेर बजार आगामी साताबाट माथि लाग्नेछ । ’

अब बजार करेक्सन भएपनि एकल अंकको मात्रै हुने र दशैं अघिनै बजारले नयाँ उचाई चुम्ने तयारी भएको दाबी उनले गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.