नेप्सेमा दोहोरो अंकको वृद्धि, लघुवित्त समूहमा लगानीकर्ताको उच्च आकर्षण

मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १५.७९ अंकले बढेर २१५२.१४ विन्दुमा बन्द भएको छ । मंगलबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार १०६ रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९७ करोड रूपैयाँ कमी आएको हो । यस दिन ३१६ वटा धितोपत्रको एक करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर किनबेच भएको हो । मंगलबार १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन गणपति लघुवित्त, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।उक्त कम्पनीहरूको सेयरमूल्य क्रमशः एक हजार ८६७ रूपैयाँ २० पैसा र दुई हजार ६५९ रूपैयाँ ६० पैसा पुगेको छ। सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को मूल्य सर्वाधिक ५.४७ प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ २९ पैसा कायम भएको छ।

यस्तै, नेपाल फाइनान्सको मूल्य ४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८१५ रूपैयाँ कायम भएको छ । मंगलबार एनआरएन इफ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ७३५ रूपैयाँमा १९ करोड ७७ लाखको सेयर कारोबार भएको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा १.५२ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ८१५ रूपैयाँमा १६ करोड २१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड समूहको परिसूचक भने स्थिर रहेको छ । यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ। भने विकास बैंक समूहको परिसूचक २.४९ प्रतिशतले बढेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.