नेप्से परिसूचक र कारोबार रकम दुवै घटे

सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २ हजार १ सय ३६.३५ विन्दुमा बन्द भएको छ ।

अघिल्ला पाँच कारोबार दिन लगातार बढेको नेप्से सोमबार एकल अंकले घट्नुलाई विज्ञहरुले सामान्य करेक्सन भएको भनेका छन् ।

गत सोमबार देखि नेप्से परिसूचक लगातार बढीरहेको छ । उक्त अवधिमा नेप्से झण्डै १०४ अंकले बढी सकेको छ । खासगरी अहिलेको सत्ता गठबन्धन भत्किएर कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बन्ने सामाचार आएपछि सेयर बजार बढ्न थालेको थियो ।

सोमबार कारोबारमा आएकामध्ये ९५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १४१ वटाको घट्यो र बाँकी १० वटाको स्थिर छ ।

उक्त दिन ५९ हजार ९ सय ७४ वटा कारोबारबाट १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । आइतबार ६ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

योसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण ३३ खर्ब ९५ अर्ब रुपैयाँ कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.