पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी खुल्यो

वर्षासँगै पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी खुलेको छ ।

सडक भिडिजन कार्यालयको पहलमा पहिरो हटाएर एकतर्फी सडक खुलाइएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लका अनुसार ढुंगा पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको र दुईतफी सडक खुलाउने पहल भइरहेको छ ।

यस्तै सोही राजमार्गको बर्तुङ्ग राम्दी सडक खण्ड अन्तरगत रम्भा ३ को सेरामा भने हालसम्म पनि सडक अवरुद्ध छ ।

लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको र सडक सुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.