पाटा अन्तर्राष्ट्रियको उपाध्यक्षमा पहिलो पटक नेपाली

प्यासिफिक एशिया ट्राभल एसोसिएसन ९पाटा० अन्तर्राष्ट्रियको उपाध्यक्षमा सुमन पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

पाटा अन्तर्राष्ट्रिय मुख्यालयमा नेपालबाट यो तहको प्रतिनिधित्व पहिलो पटक भएको बताइएको छ।

उपाध्यक्षका अर्का प्रतिस्पर्धी अमेरिकन गुवामका जेराल्ड पेरेजले आफ्नो मनोनयन फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन्।

एस्प्लोर हिमालय ट्राभल एण्ड एडभेन्चरका अध्यक्ष रहेका उनी यसअघि सन् २०२० देखि २०२४ सम्म दुई कार्यकाल पाटा अन्तर्राष्ट्रियको सचिवरकोषाध्यक्षको भूमिकामा थिए।

नेपाल सन् १९७५ देखि पाटाको सदस्य रहँदै आएको छ।

सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्य समितिको अध्यक्ष पदमा इन्डोनेसियाका पिटर सिमोन, उपाध्यक्षमा नेपालका पाण्डे, सचिवरकोषाध्यक्ष थाइल्यान्डका एशियन ट्रैलस निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरूमा थाइल्यान्डका बेन मोनटगोमरी, भारतका सञ्जित जैन र सिंगापुरका मयुर पटेल निर्वाचित भएको पाटाले जनाएको छ।

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्नियामा स्थापित भएर सन् १९९८ देखि बैंककमा मुख्यालय रहेको पाटाले एशिया प्रशान्त क्षेत्रका लागि आपसी पर्यटन आदान प्रदान तथा व्यापार विस्तारमा सदस्य राष्ट्रहरूलाई सहयोग र सहकार्य गर्दै आएको छ।

नवनिर्वाचित उपाध्यक्ष पाण्डे विगत ३५ वर्षदेखि ट्रेकिङ, ट्राभल, हेलिकप्टर, वायुसेवा, होटल, रेस्टुरेन्टलगायत व्यवसायमा संलग्न छन्।

उनी ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल ९टान० को अध्यक्ष, नेपाल पर्यटन बोर्डको सदस्य, एरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालको महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष रहिसकेका छन्।

सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको मन्त्रिपरिषद बैठकको मुख्य संयोजनकर्ता पाण्डे नै थिए।

उनकै अगुवाइमा नेपालमा साहसिक खेल स्काई डाइभिङ र हिमालयन ट्राभल मार्टजस्तो अन्तर्राष्ट्रिय पर्यटन मेलाको सुरूवात भएको थियो।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.