पेट्रोलियम ढुवानी चालकहरूसँग मन्त्रालयमा छलफल हुँदै

आन्दोलनरत पेट्रोलियम ढुवानी चालकहरूसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल सुरू भएको छ।

वाणिज्य तथा आपूर्ति सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा छलफल सुरू भएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

ुहामी बिहान साढे ११ बजेदेखि छलफलमा छौं,ु उनले भने, ुआजै टुंगो लगाउन प्रयास गरिरहेका छौं।ु

उनका अनुसार छलफलमा मन्त्रालयका सह–सचिव, निगमका कार्यकारी निर्देशक डा।चण्डिका प्रसाद भट्ट लगायत अन्य प्रतिनिधि र चालकहरू सहभागी छन्।

शनिबारदेखि ट्यांकर चालकहरूले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ नपाएर सोमबार बिहानदेखि नै पेट्रोल पम्पमा उपभोक्ताको लाइन छ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन सुरू गरेको हो।

संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।

आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवा सुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

ट्यांकर चालक मजदुरहरूको समस्या समाधान निम्ति विभिन्न निकायमा भन्दा पनि कुनै सुनुवाइ नभएकाले आफूहरू आन्दोलनमा ओर्लिएको उनीहरूको भनाइ छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.