प्रभु बैंक र आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता

प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई धुलिखेलमा अवस्थित आगन्तुक रिसोर्टसँग विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।

एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार र बजार अधिकृत पुरण न्यौपाने तथा आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुबोध भण्डारी र व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

चण्डेश्वरी, धनेश्वर, देवीस्थान, गौखुरेश्वर, नमोबुद्ध, बेथानचोक नारायण, गोसाइकुन्ड जस्ता प्रसिद्ध धार्मिकस्थल रहेको यस ठाउँबाट गणेश, जुगल जस्ता अन्य विभिन्न हिमश्रृंखलाहरूको मनमोहक दृश्य अवलोकन समेत गर्न सकिन्छ ।

हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०३ शाखा कार्यालय, २८६ एटीएम र ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.