प्राइम कमर्सियल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश९करसहित० प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामयिक संशोधन गर्ने, बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज (गाभ्नेरगाभिनेंं) प्राप्ति (एक्विजिशन) गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह लगायतका विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने आव २०८१/८२ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुने योग्य हुनेछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.