बढ्यो अमेरिकी डलरको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री?

बिहीबार अमेरिकी डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ २४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८४ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ८ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ २३ पैसा र बिक्रीमा १४३ रूपैयाँ ८८ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८८ पैसा र बिक्रीमा ८९ रूपैयाँ २८ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६१ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७० रूपैयाँ ३७ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २८ र बिक्रीमा ३६ रूपैयाँ ४४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४४ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ६१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५५ रूपैयाँ ०९ पैसा तोकिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.