बानेश्वरको नोबेल कलेजका एक शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पक्राउ परेका छन्।

विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै कक्षा १२ का विद्यार्थीहरूले सोमबार बिहान आन्दोलन गरेका छन्। उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन्।
विद्यार्थीहरूले आन्दोलन गरेसँगै प्रहरीले आरोपित शिक्षकलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई छन्।  उनलाई प्रहरी वृत्त बानेश्वरको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.