बालिकालाई बलात्कार गरेको आरोमा युवा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बराहक्षेत्र नगरपालिका(५ का सुरज विश्वकर्मालाई सोही नगरपालिका(५ भरौलबाट घटनाको १८ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई आफ्नै घरमा ४र५ जनाको समूहमा आएका सुरज समेतका व्यक्तिहरूले ती किशोरीलाई सामूहिक रूपमा जबरजस्ती करणी गरी बेपत्ता भएको घटनामा सर्वोच्च अदालतबाट ९ वर्ष ५ महिना १९ दिन कैद ठहर भई फरार रहेका उनलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कैद भुक्तानका लागि झुम्का कारागार पठाइएको नेपाल प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.