बालुवाटारमा गठबन्धनका शीर्ष नेताको निर्णायक बैठक सुरु

गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकलाई निर्णायक भनिएको हो ।

बैठकमा प्रतिनिधि सभाका १६५ सिटसहित प्रदेश सभामा समेत सहमति जुटाउने र सोही अनुसारको प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ । तर कार्यदलमा सिट संख्यामा भागबण्डा कसलाई कति भनेर प्रस्ट भैनसकेपनि भएका सहमतिलाई समेटेर प्रतिवेदन बनाउने तयारी छ ।

बुधबारको बैठकमा प्रतिनिधि सभाका १६५ मध्ये आधा संख्यामा सहमति भएको नेताहरुले बताएका थिए । मंसिर ४ मा हुने निर्वाचनका लागि ५ दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

तर कार्यदलमा दलका नेताहरुले कसले कति सिट लिनेदिने भन्ने ठोस बटमलाइन नबनाएकाले र छलफल समेत त्यो ढंगले नभएकाले भागबण्डा मिलाउन पुनः शीर्ष नेतालाई नै जिम्मा दिने तयारी भएको बुझिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.