देशको सबैभन्दा ठुलो सरकारी बाल अस्पताल कान्ति बाल अस्पतालले बिरामीमाथि चरम लापरबाही गर्ने गरेका घटना एकपछि अर्को गर्दे बाहिरिएका छन् । केही महिनाअघि अस्पतालको लापरबाहीले बिरामी मृत्यु भएको घटना सेलाउन नपाउँदै अर्को घटनाले पुरै देश तरङ्गित भएको छ । मंगलबार राती सञ्चारकर्मी राजु सुवेदीले फेसबुकमा स्ट्याटसमार्फत अस्पतालको चरम हेलचक्रयाई सार्वजनिक गरेपछि बुधबार दिनभरि पुरै सामाजिक सञ्जाल तरङ्गित बन्यो । गम्भीर बिरामी भई अस्पताल ल्याइएकी बाग्लुंङकी ७ वर्षीय सेन्जल शाहीको उपचारमा नगरी निजी अस्पताल लैजानुहोस् भनी फर्काएको विषयमा सुवेदीले फेसबुक पोष्ट गरेका थिए ।
मंगलबार राती ११ बजेको समयमा श्वास प्रश्वासमा गम्भीर समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्न बुटवलबाट चितवन हुँदै कान्ति अस्पताल ल्याइएको बिरामीलाई निजीमा लैजानुहोस् भनी फिर्ता पठाइदिएको थियो । बुटवलस्थित आम्दा अस्पतालमा उपचार सम्भव नभएपछि उक्त अस्पतालले काठमाडौँको कान्ति बाल अस्पतालमा रिफर गरेकोमा अस्पतालले बेड छैन भन्दै निजी अस्पतालमा पठाएको थियो । बिरामीका परिवारका अनुसार बुटवलबाट काठमाडौँ ल्याउँदै गर्दा बाटोमा बिरामीलाई सास फेर्न गाह्रो भएको थियो।
बिरामीको अवस्था नाजुक हुँदै गएपछि भरतपुरमा राखेर केही सहज बनाइ काठमाडौँसम्म ल्याइएको थियो। तर उपचारका लागि आएको बिरामीलाई अस्पतालले आईसिइु बेड खाली हुदाँहुदै पनि भर्ना गर्न नमानेर निजीमा लैजान दबाब दिएको भन्दै बिरामीका परिवारले बताएका छन् । तर, अस्पतालले भने आफ्नो कमजोरी लुकाउन बेड नभएकाले अर्को अस्पताल पठाउनुपरेको भन्दै विज्ञप्ति निकालेको छ । जबकि अस्पतालकै कर्मचारीले हिजै एउटा बेड खाली रहेको र त्यो अत्यावश्यक पर्दालाई राखेको जानकारी सञ्चारकर्मीलाई गराएका थिए । भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको ज्यानको जोखिम मोलेर अस्पताले बाहिर पठाएपछि सुवेदीले पहुँच नहुनेहरूले सार्वजनिक अस्पतालको सेवा लिन वञ्चित हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका थिए ।
सुवेदीको स्ट्याटसले बुधबार दिनभरको तरङ्ग ल्याएको थियो । यसलाई विभिन्न संचारमाध्यमले प्राथमिकताका साथ कभरेज दिएका छन् ।
सुवेदीको स्टाटस जस्ताको तस्तै ः
रातको १ः४० बज्यो !
म कान्ति बाल अस्पतालमा छु।
११ः४० मा एउटा कल आयो । सेभ नभएको नम्बरबाट कल गर्नेले भन्नुभयो “बाग्लुंगको निसीखोलाबाट ल्याएकी ७ वर्षकी छोरी सिकिस्त छन । बुटवलबाट चितवन ल्याएको चितवनले कान्तीमा रिफर गर्यो ।र ,यहॅा ल्याएको यहॅा कसैले हेरिदिएन ।हामीलाई अप्ठ्यारो पर्यो । मैले उहॅाको फोन राखेर ,कान्तिमा फोन गरे । तर, उठेन । चिनेका सोही अस्पतालमा रहेका एकजना डाक्टरलाई फोन गरे । उनको पनि फोन स्विच अफ रहेछ । रातको १२ बजीसकेको थियो । बिरामीको नजिकका उहॅाकै फेरि फोन आयो । उहॅाले हारगुहारको शैलीमा भन्दैहुनुहुन्थ्यो लौ न बचाईदिनुपर्यो । म तुरून्तै गाडी निकालेर कान्ती पुगे । घरबाट ३० मिनेटमा अस्पताल पुग्दा बिरामीको अवस्था एकदमै नाजुक भईसकेको रहेछ । तुरून्तै भेनटिलेटर चाहिने बिरामीलाई अस्पतालले भर्ना नलिने अन्तै लैजानुस भनेपछि बेडमा त्यसै छाडीदिदॅा बिरामी झन पछि झन नाजुक बनेको देखे । अस्पतालले बिरामीको परिवारको हारगुहारलाई नसुनेर बाहिरै लैजान भनिरहेको र बिरामीको अवस्था झन नाजुक भएर छटपटाईरहेको दृश्य कारूणीक थियो । मैले पनि त्यहॅा रहेका डाक्टरलाई बचाइदिनुहोस भनेर अनुनय बिनय गरे । तर, उनिहरू यति निर्दयी बनेर उभिए की मैले मान्छे यस्तो सम्म हुन्छ भन्ने कल्पना समेत गरेको थिईन । मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आईसियू खाली भएको सुचना प्राप्त भएको थियो । सोही बेड छटपटाईरहेको त्यो बिरामीको प्राण जोगाउन प्रयाप्त थियो भन्ने बुझाईसहित पहल गरिदिन मैले आग्रह गरे ।मेरो ठाउॅबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बाग्लुंगका नेतालाई फोन गरे । तर, रात छिप्पिएकाले पनि होला कसैको फोन उठेन । शक्तिमा पॅहुच कमजोर हुदॅा छटपटाईरहेको बिरामी अहिले कान्तिबाट फर्काएर एउटा निजी अस्पतालमा लैजादै छौ । सोचिरहेको छु “पहुॅच नहुनेले यो देशमा पाउने सुविधा भनेको मतदान मात्रै हो ।”कामना गरौं