बुधबार यी १२ कम्पनीमा लाग्यो सकारात्मक सर्किट

बुधबार नेप्से ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ।

यस दिन नेप्सेले २७ सयको मनोवैज्ञानिक विन्दु पार गरेको छ।

नेप्से २९ महिनाकै उच्च विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०७८ माघ २७ गते २८०१ विन्दुमा थियो।

यो विन्दु त्यसयताकै उच्च हो।

नेप्से परिसूचक २७६० विन्दुमा आइपुग्दा १२ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।

युनाइटेड अजोड इन्स्योरेन्स, गुराँस फाइनान्स, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र कुथेली बुखरी हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको छ।

नेपाल वेयर हाउजिङ र प्रोगेशिभ फाइनान्सको मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ।

यस्तै, ओरियन्टल होटल र समृद्धि फाइनान्सको मूल्य ९.९६ प्रतिशतले बढेको छ।

यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।

युनाइटेड अजोड इन्स्योरेन्सको प्रतिकित्ता मूल्य ७६१ रूपैयाँ २० पैसा, गुराँस फाइनान्सको ८५८ रूपैयाँ, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको ६३३ रूपैयाँ ६० पैसा, रिलायन्स फाइनान्सको ५७८ रूपैयाँ ६० पैसा, दिव्यश्वरी हाइड्रोपावरको २५८ रूपैयाँ ५० पैसा, मकर जितुमाया सुरी हाइड्रोपावरको मूल्य ५२० रूपैयाँ ५० पैसा, नेपाल रिपब्लिक मिडियाको मूल्य ५१७ रूपैयाँ र कुथेली बुखरी हाइड्रोपावरको प्रतिकित्ता मूल्य एक हजार ६९४ रूपैयाँ कायम भएको छ।

नेपाल वेयर हाउजिङको सेयर मूल्य एक हजार २४२ रूपैयाँ ६० पैसा र प्रोगेशिभ फाइनान्सको मूल्य ५९७ रूपैयाँ ७० पैसा पुगेको छ।

यस्तै, ओरियन्टल होटलको प्रतिकित्ता मूल्य एक हजार १०४ रूपैयाँ र समृद्धि फाइनान्सको सेयर मूल्य ७०१ रूपैयाँ ५० पैसा कायम भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.