महोत्तरीबाट विद्यालयबाट घर फर्किँदै गरेका तीन बालिका बेपत्ता

महोत्तरीमा विद्यालयबाट फर्कदै गरेका तीन बालिका बेपत्ता भएका छन् । पिपरा गाउँपालिका २ र ७ का ७ देखि १० वर्षका तीन जना बालिका बुधबार बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।

पिपराका स्थानीयवासीहरूका अनुसार पिपरा गाउँपालिका २ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना चौधरी र पिपरा ७ बनौलीका दीपेन्द्र झाका दुई छोरीहरू ७ वर्षीया प्रज्ञा कुमारी र १० वर्षीया प्रियांशी कुमारी बेपत्ता भएका हुन् । स्थानीयवासीहरुले तीनै जना बालिकालाई साढे ११ बजेतिर जनकपुर–जलेश्वर सडक खण्डमा पर्ने चांदनी चौकमा देखेका थिए ।

७ देखि १० वर्ष उमेर समूहका तीन बालिका बेपत्ता भएपछि गाउँलेहरू उनीहरूको खोजीमा निस्किएका छन् ।स्थानीयवासीहरुका अनुसार तीनै बालिका गाउँमै रहेको देवसिद्धी इङलिस बोर्डिङ स्कुलमा पढ्छन् । बालिकाको खोजी गर्दा नभेटेपछि पिपरा प्रहरी चौकीमा निवेदन दिएका छन्।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.