मूल्य वृद्धिदर ३४ महिनायताकै न्यून

राष्ट्र बैंकको तथ्यांकले गत जेठमा मासिक आधारमा ३४ महिना यताकै न्यून मूल्य वृद्धिदर देखिएको छ।

जेठमा मूल्य वृद्धिदर ४.१७ प्रतिशत देखिएको छ। वार्षिक आधारमा भने यो वर्ष जेठसम्मको औसत मूल्य वृद्धिदर ५.६२ प्रतिशत छ।

गत आर्थिक वर्षको जेठसम्मको औसत मूल्य वृद्धि दर ७.७७ प्रतिशत रहेको थियो। गत वर्षभरीको मूल्यवृद्धि दर औसतमा ७.७४ प्रतिशत थियो।

जेठसम्ममा तरकारी १६.०२ प्रतिशत, दाल तथा गेडागुडी ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ७.३२ प्रतिशत, चिनी तथा चिनी भएका वस्तुहरूको मूल्य ६.९८ प्रतिशत र गैर मदिरा लगायतका पदार्थको ५.९५ प्रतिशतले बढेको छ।

घ्यू र तेलको मूल्य भने ५.५१ प्रतिशतले घटेको छ।
गैर खाद्य वस्तुमा विविध वस्तु तथा सेवा १२.४७ प्रतिशत, शिक्षामा ५.६४ प्रतिशत र कपडा जता जुत्ता चप्पलमा ३.४६ प्रतिशतले मूल्य वृद्धि भएको छ। सञ्चार क्षेत्रमा ०.४८ प्रतिशत र यातायात क्षेत्रको ०.१८ प्रतिशतले मूल्य घटेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.