काठमाडौं । मेयर बालेन नगर प्रहरी र ट्राफिक प्रहरी लिएर बानेश्वरको पसल हटाउन उत्रिएका छन् । बानेश्वर प्लाजको अन्डरग्राउण्ड पाकिङका पसलहरू हटाउन निर्देशन दिएका छन् ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगरले आजदेखि स्थलगतरूपमा कारबाही थालेको हो ।