नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ २० पैसा र बिक्रीदर १३३ रूपैयाँ ८० पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३७ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ र बिक्रीदर १६९ रूपैयाँ ७७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रूपैयाँ ९९ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८८ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ५० पैसा र बिक्रीदर ३५ रूपैयाँ ६६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ३१ पैसा र बिक्रीमा २८ रूपैयाँ ४४ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३४ रूपैयाँ ४४ पैसा र बिक्रीमा ४३६ रूपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९४ पैसा तोकिएको छ।