युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार दुर्घटनामा परेको छ। बुधबार राष्ट्रपति जेलेन्स्की सवार गाडीलाई अर्को कारले ठक्कर दिएको बिबिसीले जनाएको छ।
राजधानी किएभमा भएको दुर्घटनामा राष्ट्रपति जेलेन्स्कीलाई कुनै चोट भने नलागेको राष्ट्रपति कार्यालयका प्रवक्ता सर्गेइ निकोफोरभले जानकारी दिए ।
राष्ट्रपति सवार गाडीलाई ठक्कर दिएका कार चालक भने घाइते भएका छन्। उनी अस्पतालमा उपचाररत छन्। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।