युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण रावलको निधन भएको छ । रावलको बिहिबार बिहान निधन भएको हो ।
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्बन्धी कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई हृदयघात भएको थियो । जसपश्चात उनलाई उपचारका लागि भक्तपुरमा रहेको नागरिक अस्पतालमा लगिएको थियो । अस्पतलानमा उपचारका क्रममा आज बिहान रावलको निधन भएको हो ।

६१ वर्षिय रावल २०८० जेठ २३ गते साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जपश्चात बनेको युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए । आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ समेत रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओका रुपमा कार्यरत थिए । यस्तै उनी सगरमाथा, नेको लगायतका बीमा कम्पनीमा समेत आवद्ध थिए ।

उनीसँग बीमा क्षेत्रको लामो अनुभव थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.