यो लगानी गर्ने सही समय हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका लागि यो समय लगानी गर्ने सही समय भएको बताएका छन् ।

शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनसकेमा मात्रै रोजगारी सृजना र राजस्वमा उल्लेख्य वृद्धि हुने बताए ।

अध्यक्ष ढकालले भने, ‘हामी इमान्दार हिसावले काम गर्ने हो भने काम गर्न सकिने रहेछ । यो मेरो आफ्नै उदाहरणले प्रमाणित गरेको छ । निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्न खोज्यौं भने छोटो समयमा धेरै कामहरु गर्न सकिन्छ । अहिले पयर्टनको कुरा गर्दा पर्यटकको संख्या बढेको छ । रेमिट्यान्सको फ्लो पनि बढेको छ । फरेन करेन्सीको रिजर्भ पनि त्यत्तिकै छ । बैंकमा लिक्वीडिटी पनि त्यत्तिकै छ । बैंकको ब्याजदर पनि सिंगल डिजिटमा घटिसकेको छ

उनले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्न सघाउ पुग्ने धारणा राखे । साथै उनले तीन वटै तहका सरकारले निजी क्षेत्रलाई उत्पेरण दिने खालको वातावरण बनाउन आवश्यक रहेको पनि बताए ।’नेपालमा पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको पनि बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.