राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा ७०२ जना कैदीको कैद मिनाहा र माफी

राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीको कैद मिनाहा र माफी दिएकी छन् । संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले महेन्द्र प्रसाद कानुसमेतका २१ जना व्यक्तिहरुको कैद माफ गरेकी छन् ।

यस्तै राष्ट्रपतिले असल चालचलन भएको आधारमा कुल ६६१ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा पनि गरेकी छन् । राष्ट्रपतिको यो निर्णयअनुसार उनीहरु असोज ३ गते छुट्नेछन् ।

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गरेकी हुन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.