राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ रकम खिच्ने प्रस्ताव गर्दा बैंकहरूले करिब दुई खर्ब नै राख्न इच्छा जनाएका छन्।
भदौ २ गते राष्ट्र बैंकले प्रस्ताव माग गरेकोमा २५ बैंक तथा वित्तीय संस्थाले ५५ वटा बोलकबोल आवेदन दिएका थिए।
आवेदन दिएका बैंकहरूले अधिकतम २.९७ प्रतिशतदेखि २.८० प्रतिशतसम्म ब्याजदर माग गरेका छन्। यसको औसत ब्याजदर २.८८ प्रतिशत कायम भएको छ।
भदौ २३ गतेसम्मको लागि एक खर्ब रकम राख्न पाएका छन्।
यसअघि बैंकहरूले औसत २.९९ प्रतिशत ब्याजदरमा २५ अर्ब ८० करोड रकम राखेका थिए।
भदौ १९ गते मात्रै यो रकम बैंकहरूले फिर्ता पाउँछन्। भदौ २ गते राष्ट्र बैंकबाट बैंकहरूले राखेर म्याद नसकिएको कारण फिर्ता पाउन बाँकी रकम एक खर्ब ५१ अर्ब रूपैयाँ बाँकी छ। साउन ३२ सम्म यस्तो रकम तीन खर्ब १२ अर्ब थियो।
डेढ खर्बभन्दा बढी रकम प्रणालीमै फर्किएपछि बैंकहरूले पछिल्लो निक्षेप संकलनमा करिब दुई खर्ब राख्न प्रस्ताव गरेको देखिन्छ।