रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ वर्षमा प्रवेश

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ ।

सातौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले बिमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरु गरेको छ ।

जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण गरिएको छ । यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ समेत गरी वार्षिकोत्सव मनाएका छन् ।

यसैबिच कम्पनीले करिब ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दूर दराजसम्म पुर्‍याउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.