लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो ।

यसअघि उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ भएका थिए । उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएका थिए ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचीकृत भएका ५ जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको थियो । समितिले उनीहरुसँग मंगलबार अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो ।

समितिले ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगानालाई संक्षिप्त सूचीमा सूचीकृत गरेको थियो । लगानी बोर्ड नेपालको सीईओ बन्न ८ जनाले आवेदन दिएका थिए ।

यसअघि सीईओ सुशील भट्ट चार वर्षे कार्यकाल पूरा गरी साउन २१ मा बिदा भएका थिए । गत साउन २८ मा समितिले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.