लिपुलेक र कालापानीबारे गठबन्धनका दलहरु बोल्न डराउँछन – ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताएका छन् ।

एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा सोमबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्दा भारतलाई पनि मन नपरेको भन्दै गठबन्धनमा रहेका दलहरु पनि नेपालको भूमि आफ्नै हो भनेर भन्न डराएको बताएका हुन् ।

भारत भ्रमणमा जादा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको भूमिका बारेमा समेत बोल्ने हिम्मत नदेखाएको उनले बताए । ओलीले शेर बहादुर देउवा र प्रचण्डलाई भारत भ्रमणमा बोलाएपनि माधव नेपाललाई भारतले नवोलाएर छटपटी भएको तर्क गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.